NRNA जोहोर राज्यद्वारा छविलाल गिरीलाई सम्मानपूर्वक विदाई, दुई दशक लामो योगदान र जुधारो राजनीतिज्ञको भूमिकाको उच्च प्रशंसा

0Shares

NRNA जोहोर राज्यद्वारा छविलाल गिरीलाई सम्मानपूर्वक विदाई, दुई दशक लामो योगदान र जुधारो राजनीतिज्ञको भूमिकाको उच्च प्रशंसा

२०८२ भाद्र २२, आइतबार

गैरआवासी नेपाली सङ्घ (NRNA) जोहोर राज्य समितिले आफ्ना सचिव आदरणीय छविलाल गिरीलाई एक विशेष कार्यक्रमकाबीच मायाको चिनोसहित सम्मानपूर्वक विदाई गरेको छ।

गिरी करिब दुई दशकदेखि मलेसियालाई कर्मथलो बनाएर प्रवासी नेपाली श्रमिक वर्गको हकहित, अधिकार र न्यायका लागि निरन्तर सक्रिय रहनुभयो। उहाँले जोहोरमा मात्र होइन, सम्पूर्ण मलेसियामा रहेका नेपालीहरूलाई एकजुट पार्ने, श्रमिक नेपालीको आवाजलाई सम्बोधन गर्ने र संकटका समयमा हातेमालो बढाउने जस्तो महान् कार्य गर्दै आउनुभएको छ। समाजसेवामा उहाँको योगदान असाधारण मात्र नभई ऐतिहासिक मानिने खालको रहेको छ।

उहाँ केवल समाजसेवी मात्र नभई जुधारो राजनीतिज्ञ पनि हुनुहुन्छ। प्रतिकूल परिस्थिति र कठिन चुनौतीहरूको सामना गर्दै नेपाली श्रमिकको हकहितका लागि दृढ अडान लिन सक्ने उहाँको साहसिक भूमिकाले प्रवासी नेपालीबीच आत्मबल जगाएको छ। उहाँको नेतृत्वशैली, संगठनप्रतिको समर्पण र इमानदारीले NRNA जोहोर राज्यलाई निरन्तर सशक्त र प्रभावशाली बनाएको छ।

कार्यक्रमका वक्ताहरूले गिरीको संघर्षपूर्ण जीवनयात्रा, त्याग र योगदानको प्रशंसा गर्दै उहाँ सम्पूर्ण प्रवासी नेपाली समुदायका लागि प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गरेका थिए। उहाँले निर्वाह गरेको सेवा, समाजप्रतिको माया र देशप्रतिको निष्ठा भावी पुस्ताका लागि मार्गदर्शक हुने विश्वास व्यक्त गरिएको थियो।

अब उहाँ स्थायी रूपमा नेपाल फर्किँदै हुनुहुन्छ। NRNA जोहोर राज्य समितिले उहाँको अथक योगदानप्रति हार्दिक आभार प्रकट गर्दै, आगामी जीवनयात्रामा निरन्तर सफलता, उन्नति र जनसेवामा अझ उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

✍️ थाङ्मीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *