प्रवासी नेपाली मञ्च जोहोरका इन्चार्ज छविलाल गिरीलाई सम्मानपूर्वक विदाई।।।

0Shares

प्रवासी नेपाली मञ्च मलेसियाबाट छविलाल गिरीलाई विदाई, मायाको चिनो हस्तान्तरण

२०८२ भाद्र २१, शनिबार

क्वालालम्पुर, मलेसिया । प्रवासी नेपाली मञ्च मलेसियाले आफ्नो केन्द्रीय सदस्य तथा जोहोर राज्य इन्चार्ज छविलाल गिरीलाई एक विशेष कार्यक्रमकाबीच सम्मानपूर्वक विदाई गरेको छ। कार्यक्रममा उहाँलाई मायाको चिनो हस्तान्तरण गर्दै लामो समयसम्म प्रवासी नेपाली समुदायको हकहितमा पुर्‍याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गरिएको थियो।

गिरी करिब दुई दशकदेखि मलेसियामा रहँदै श्रमिक वर्गको अधिकार, न्याय र हित संरक्षणका लागि निरन्तर सक्रिय रहनुभएको थियो। उहाँ प्रवासी नेपाली मञ्च मलेसियाको केन्द्रीय सदस्य तथा जोहोर राज्य इन्चार्ज हुनुका साथै गैरआवासी नेपाली सङ्घ (NRNA) जोहोर राज्यको सचिवसमेत रहनुभएको थियो।

नेपाली श्रमिक वर्गको समस्यामा सहयोग गर्ने, पीडामा परेकालाई साथ दिने, र प्रवासी नेपालीहरूको हितका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै उहाँले मलेसियामा उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ। समाजसेवामा उहाँको सक्रियताले नेपाली समुदायलाई एकजुट बनाउने काम गरेको छ।

अब उहाँ स्थायी रूपमा नेपाल फर्किँदै हुनुहुन्छ। प्रवासी नेपाली मञ्च मलेसियाले उहाँको आगामी जीवन यात्रामा सफलताको शुभकामना दिँदै समाजसेवामा निरन्तर योगदान जारी रहने विश्वास व्यक्त गरेको छ।

थाङ्मीचागु डटकम


Leave a Reply

Your email address will not be published. Required fields are marked *