राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
एनआरएनए मलेसियाको नवौं अधिवेशन र तीज विशेष कार्यक्रम आगामी अगस्त ३१ मा
एनआरएनए मलेसियाको नवौं अधिवेशन तथा तीज कार्यक्रम अगस्त ३१ मा हुने
क्वालालम्पुर – गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी मलेसियाको आयोजनामा नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रम यही अगस्त ३१, आइतबारका दिन क्वालालम्पुर चौकीटस्थित होटेल ग्राण्ड कण्टिनेन्टलमा दिउँसो २:०० बजेबाट आयोजना हुने भएको छ।
कार्यक्रममा नेपालका पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत प्रमुख अतिथि रहनेछन्। त्यस्तै, गायीका शोभा त्रिपाठी, गायक बुद्ध लामा लगायतका कलाकारहरूले विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिने भएका छन्।
महासचिव टिकाराम अधिकारीका अनुसार मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसहित आम नेपाली श्रमिकहरूलाई समेत उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।
यसैबीच, एनआरएनए मलेसिया पनि आईसीसी जस्तै दुई समूहमा विभाजित भएको छ। अर्को समूहको नवौं अधिवेशन गत जुलाई २७ मा सम्पन्न भई राकेश प्रसाद “आरके” महतोको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भइसकेको छ।




