मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
Monday, May 25, 2026
सिंगटी हाइड्रोपावर ड्याममा युवक मृत फेला
दोलखामा युवकको शव फेला
थाङमिचागु डटकम संवाददाता

दोलखा — दोलखाको कालिन्चोक गाउँपालिका–२ स्थित सिंगटी हाइड्रोपावरको सोरुम खोला ड्याममा एक युवकको शव फेला परेको छ।
बिगु गाउँपालिका–५ चिलंखाका २१ वर्षीय राजु तामाङ भदौ ४ गते बिहान माछा मार्न घरबाट निस्केका थिए। तर साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेका थिए।
भदौ ५ गते बिहान करिब १०:३० बजे सिंगटी हाइड्रोपावरका कर्मचारी राजिव थामीले ड्याममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै प्रहरी टोली घटनास्थल पुगेको र अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शवको पहिचान गर्दा मृतक राजु तामाङ भएको पुष्टि भएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको अनुमान गरिएको छ। तर घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।





