मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
दुई दिनपछि कालीगण्डकी करिडोर सडक एकतर्फी सञ्चालनमा
दुई दिनपछि कालीगण्डकी करिडोर सडक एकतर्फी सञ्चालनमा
थाङमिचागु डटकम संवाददाता

गुल्मी, ३० असार — आइतबार बिहानदेखि अवरुद्ध भएको गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध भएको सडक आज (मंगलबार) अपरान्हदेखि सञ्चालनमा आएको हो।
कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे र वडा नं ६ बरल्वा क्षेत्रको सडक खण्डमा माथिबाट चट्टानसहित ठूलो पहिरो खसेपछि सम्पूर्ण आवागमन रोकिएको थियो। दुर्घटनाको जोखिम उच्च रहेकाले स्थानीय प्रशासनले उक्त क्षेत्र हुँदै यात्रा गर्ने यात्रुहरूलाई सतर्क रहन आग्रह गर्दै आएको छ।
सडक खुलाउन जिल्ला प्रहरी कार्यालय गुल्मीको समन्वयमा निर्माण कम्पनी कालीका कन्ट्रक्सनले डोजर र स्काभेटर प्रयोग गरेर दुई दिनसम्म लगातार पहिरो पन्छाउने कार्य गरेको थियो। सोही मेहनतपछि आज एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार पहिरोमा चट्टान पनि खसेका कारण हटाउने कार्य कठिन र जोखिमपूर्ण भएको थियो। उनका अनुसार वर्षातका कारण सो सडक क्षेत्रमा कुनै पनि समयमा पुनः पहिरो जान सक्ने जोखिम कायमै रहेको छ।
प्रत्येक वर्षाको समयमा नियमित रूपमा अबरुद्ध हुँदै आएको कालीगण्डकी करिडोर सडक बर्सात सुरु भएसँगै यस वर्ष पनि पटक–पटक अवरुद्ध हुने क्रम दोहोरिएको छ।
स्थानीय पालिकाले यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।





