मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
दोलखाको वैतेश्वरमा १३ भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण
दोलखाको वैतेश्वरमा १३ भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण
थाङमिचागु डटकम संवाददाता

दोलखा, असार १८ –
जिल्ला भूमि समस्या समाधान आयोग, दोलखाले बुधबार वैतेश्वर गाउँपालिका भित्रका जग्गाविहीन सुकुम्बासी तथा दलितहरूका लागि निस्सा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
आयोगले १३ जना भूमिहीन सुकुम्बासीको तथ्यांक संकलन गरी गाउँपालिका अध्यक्ष छवि लामा र आयोग अध्यक्ष राकेश श्रेष्ठको रोहबरमा निस्सा वितरण गरेको हो।
कार्यक्रममा वैतेश्वर गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल, नापी कार्यालय दोलखा प्रमुख सृजना कटुवाल, वरिष्ठ शाखा अधिकृत रवीन्द्र चौलागाईं, वडा अध्यक्षहरू भीमबहादुर तामाङ, कमल अधिकारी, अशोक तामाङ, सान्त बहादुर जिरेल, विभिन्न वडाका वडा सचिवहरू तथा भूमिहीन सुकुम्बासीहरूको उपस्थिति रहेको नापी शाखा प्रमुख राजेश गिरीले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष छवि लामाले पालिकाभित्रका सबै भूमिहीन सुकुम्बासीलाई तत्काल कानुनी प्रक्रिया पुरा गरेर जग्गा उपलब्ध गराउन आग्रह गरेका थिए।
यता भूमि समस्या समाधान आयोग, दोलखाका अध्यक्ष राकेश श्रेष्ठले हाल निस्सा वितरण गरिएका १३ जना लाभग्राहीलाई नेपाल सरकारद्वारा तोकिएको मापदण्डअनुसार लालपुर्जा वितरणको प्रक्रिया अघि बढाइएको जानकारी गराएका छन्।
सरकारको भूमि नीति कार्यान्वयन गर्दै स्थानीय तह र सम्बन्धित निकायको सहकार्यमा यस्तो कार्यक्रम सञ्चालन गर्नु सकारात्मक पहलको रूपमा हेरिएको छ।





