कालिन्चोकमा कृषकलाई प्लास्टिक टनेल वितरण

0Shares

कालिन्चोकमा कृषकलाई प्लास्टिक टनेल वितरण

थाङमिचागु डटकम संवाददाता

दोलखा, कालिन्चोक – असार १७ गते

कालिन्चोक गाउँपालिकामा कृषि प्रवर्द्धन र आत्मनिर्भर उत्पादन प्रणालीलाई प्रोत्साहन गर्न स्थानीय कृषकहरूलाई प्लास्टिक टनेल वितरण गरिएको छ।

कालिन्चोक गाउँपालिका–५ मा वडा अध्यक्ष सहदेव खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा ३ जना कृषकहरूलाई,
कालिन्चोक गाउँपालिका–६ मा वडा अध्यक्ष भरत पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा ४ जना कृषकहरूलाई टनेल वितरण गरिएको हो।

कार्यक्रमहरू वडा कार्यालयमै सम्पन्न भएका थिए।

वडा अध्यक्षहरूका अनुसार, यो कार्यक्रमले कृषकलाई तरकारी तथा फलफूल खेतीमा आत्मनिर्भर बनाउने, उत्पादन वृद्धिका साथै आम्दानीमा वृद्धि गर्ने लक्ष्य राखिएको छ।
स्थानीय किसानहरूले समेत यस्तो कार्यक्रमको स्वागत गर्दै, व्यवस्थित कृषि प्रणालीमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

कालिन्चोक गाउँपालिकाले आगामी दिनहरूमा पनि विभिन्न कृषि उपकरण, बीउविजन र तालिम कार्यक्रममार्फत कृषकहरूलाई प्रोत्साहन गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *