दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
वाग्मती सफाइ महाअभियानको ६३३ औं शृङ्खला सम्पन्न
वाग्मती सफाइ महाअभियानको ६३३ औं शृङ्खला सम्पन्न
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ, असार १४ –
“राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा” भन्ने मूल नारासहित साताको प्रत्येक शनिबार सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियान अन्तर्गत ६३३ औं शृङ्खला आज शनिबार सम्पन्न भएको छ।
यो पटकको सफाइ कार्य कालमोचन घाटस्थित इच्छुमति–वाग्मती दोभान क्षेत्रमा गरिएको हो। कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा सदस्यहरू दीपेश राउत, येशुमती येशु, ‘बलिदान’ फिल्मका निर्माता सन्तोष सेन ठकुरी, समाजसेवी ज्ञानकुमार बज्राचार्य, डोल पौडेल लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
महाअभियानका क्रममा संकलित फोहोरको व्यवस्थापन काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग, टेकु द्वारा गरिएको थियो। साथै, सफाइ कार्यक्रमसँगै वाग्मती नदी किनारमा विभिन्न जातका ७५ वटा विरुवाहरू रोपेर वृक्षारोपण समेत गरिएको अभियन्ता किशोरसिंह शाही ले जानकारी दिएका छन्।
स्थानीयवासी, अभियन्ता र विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा निरन्तरता पाइरहेको यो अभियानले वाग्मती नदीको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।





