राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
जन्मदिनमा मिलन सिंह ठकुरीद्वारा घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई हवाई टिकट प्रदान
जन्मदिनमा मिलन सिंह ठकुरीद्वारा घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई हवाई टिकट प्रदान
थाङमिचागु डटकम संवाददाता

कuala Lumpur, मलेसिया –
जून २० का दिन आफ्नो जन्मदिनको अवसरमा मलेसियामा कार्यरत नेपाली मिलन सिंह ठकुरीले विशेष सामाजिक जिम्मेवारी वहन गर्दै घरफिर्ती केन्द्रमा रहेका एक नेपाली नागरिकलाई हवाई टिकट प्रदान गरेका छन्।
मलेसियाको पेराक राज्यस्थित विदुर घरफिर्ती केन्द्रमा करिब तीन महिनादेखि थुनामा रहेका रुपन्देही, रोहिणी गाउँपालिका–५ निवासी महेन्द्र बानियालाई ठकुरीले एकतर्फी हवाई टिकट उपलब्ध गराएका हुन्। अवैधानिक रुपमा मलेसियामा बसोबास गर्दै आएका बानिया अध्यागमन विभागको धरपकडमा परेका थिए।
बानियाकी श्रीमतीले नेपालबाट फोनमार्फत सहयोगको लागि हारगुहार गरेपछि नेपाली दूतावासका सहायक जनसम्पर्क अधिकारी उत्तम कार्कीले PNCC (PNCC–MALAYSIA) मार्फत समन्वय गरिदिएका थिए। कार्कीको अनुरोधमा संस्था संयोजक पूर्ण सुब्बाले सहयोगको अपिल गरेपछि, मिलन सिंह ठकुरीले आफ्नो जन्मदिनको अवसरमा मानवीय सहयोग स्वरूप टिकट प्रदान गरेका हुन्।
महेन्द्र बानिया आगामी जुलाई ३ मा बाटिक एयर मार्फत नेपाल फर्किने निश्चित भएको छ। टिकटको खबर पाएपछि बानियाकी श्रीमतीले सहयोगमा संलग्न मिलन सिंह, दूतावास र पीएनसीसीप्रति आभार व्यक्त गरेकी छन्।
सम्बन्धित निकायले यस्ता सकारात्मक उदाहरणहरू अरू प्रवासी नेपालीहरूका लागि प्रेरणा हुने विश्वास व्यक्त गरेका छन्।




