राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
पाँचखालको ऐतिहासिक धनलक्ष्मी देवी मन्दिर: धार्मिक, सांस्कृतिक र पर्यटनको उत्कृष्ट गन्तव्य
पाँचखालको ऐतिहासिक धनलक्ष्मी देवी मन्दिर: धार्मिक, सांस्कृतिक र पर्यटनको उत्कृष्ट गन्तव्य
थाङमिचागु डटकम संवाददाता

काभ्रेपलाञ्चोक, पाँचखाल – २०८२ जेठ ११
पाँचखाल नगरपालिका–२, देवीस्थानमा अवस्थित धनलक्ष्मी देवी मन्दिर (भक्रमथुम्की मन्दिर) धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शक्तिपीठको रूपमा चिनिन्छ। करिब ३,५२० फिटको उचाइमा रहेको यो मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूका लागि श्रद्धा, भक्ति र दर्शनको केन्द्रबिन्दु बनेको छ।
ऐतिहासिक र पौराणिक मान्यता अनुसार, यो स्थान अनैकोट २ मा अवस्थित शक्तिपीठमध्ये एक हो, जहाँ पूजा अर्चना गर्दा मनोकामना पूरा हुने विश्वास रहेको छ। विशेषगरी बडादशैंको समयमा यहाँ ठूलो संख्यामा भक्तजनहरूको भीडभाड लाग्ने गर्छ।
धार्मिक महत्वका साथै यो स्थललाई आन्तरिक तथा धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा पनि विकास गरिएको छ। मन्दिर परिसरमा रहेको “धनलक्ष्मी Eco Park” ले यस क्षेत्रमा पिकनिक, विश्राम तथा सौन्दर्य अवलोकनको अवसर प्रदान गर्दै पर्यटकहरूलाई लोभ्याइरहेको छ।
मन्दिर परिसरबाट चारैतिर फैलिएको मनोरम दृश्यावलोकनले यहाँको सौन्दर्यतालाई झनै विशेष बनाएको छ।
उत्तरतर्फ: सेता दन्त जस्ता हिमालहरू देखिने जुगल हिमश्रृंखला र मण्डनदेउपुरको कुन्ताबेसी
पूर्वतर्फ: तिमाल डाँडोसम्म फैलिएको पाँचखाल उपत्यका
दक्षिणतर्फ: केराघारी र धुलिखेल डाँडाको हरियाली
पश्चिमतर्फ: अनैकोट व्यू टावर र वरपरका हरिया फाँटहरू
यहाँबाट पाँचखाल उपत्यकाको कृषि उपज र भूगोलको अवस्था सजिलै अवलोकन गर्न सकिने हुनाले यो स्थान वैज्ञानिक, भौगोलिक अध्ययनका लागि समेत उपयुक्त मानिन्छ।
मन्दिर परिसरमा पिकनिकस्थल, शान्त विश्राम क्षेत्र, र आवश्यक सेवा-सुविधा उपलब्ध भएकोले दर्शनार्थी तथा आगन्तुकहरूका लागि सहज सुविधा रहेको छ।
स्थानीयवासी माया स्याङतानका अनुसार, “धनलक्ष्मी मन्दिर न केवल आस्थाको केन्द्र हो, यो ठाउँ शान्ति, सौन्दर्य र सांस्कृतिक चेतनाको प्रतीक पनि हो।”
यदि तपाईं अझैसम्म धनलक्ष्मी देवी मन्दिर पुगेका छैनन् भने, एकपटक अवश्य पुग्नुस् — आस्था र प्रकृतिको अद्भुत संगम यहाँ प्रतीक्षारत छ।




