राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
संसदमा रास्वपाको अवरोधबीच विनियोजन विधेयकमा छलफल सुरु
संसदमा रास्वपाको अवरोधबीच विनियोजन विधेयकमा छलफल सुरु
थाङमिचागु डटकम संवाददाता

२ असार, काठमाडौं — प्रतिनिधि सभामा आज पुनः रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नारावाजी र वेल घेराउ गर्दै बैठक अवरोध गर्ने प्रयास गरेका छन्। सभामुख देवराज घिमिरेले भने उक्त अवरोधलाई बेवास्ता गर्दै बैठकको कार्यसूची अघि बढाएका छन्।
सोमबार प्रतिनिधि सभाको दुई बैठक बसेको थियो। पहिलो बैठकमा रास्वपाका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका थिए भने साँझ ५:२० बजे बसेको दोस्रो बैठक सुरु भएपछि उनीहरू फेरि उठेर विरोध जनाए। सभामुख घिमिरेले रास्वपाका सांसदहरूको विरोधलाई कुनै प्रतिक्रिया नदिई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई रोष्ट्रममा बोलाए।
उपप्रधानमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे। त्यसपछि संसदमा विधेयकमाथि छलफल सुरु भएको छ। छलफल सकिएपछि विधेयक स्वीकृतिका लागि प्रस्ताव पेश गरिनेछ र त्यसपछि संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय सांसदहरूलाई दिइनेछ।
यता रास्वपाका सांसदहरू भने निरन्तर नारावाजी गरिरहेका छन्। उनीहरूले “मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई संरक्षण बन्द गर, झुटो कति बोलेको? जनताले सबै सुनेका छन्, फासफुस सम्झौता चाहिँदैन” जस्ता नारा लगाउँदै विरोध जारी राखेका छन्।
संसदमा एउटा सांसद उठे पनि बैठक अवरुद्ध भएको मानिने प्रचलन भए पनि यस्ता प्रचलन पछिल्लो समय पटक–पटक उल्लङ्घन भइरहेका छन्। सभामुखले कार्यसूची अगाडि बढाउन सांसदहरूको विरोधलाई बेवास्ता गर्न थालेका छन्।




