राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
भोजपुरी सामाजिक फिल्म ‘पगडी’ को डबिङ सुरु, नायक रन्धिर कुमार सहनीको समेत आवाज रेकर्डिङ तीव्र गतिमा
भोजपुरी सामाजिक फिल्म ‘पगडी’ को डबिङ सुरु, नायक रन्धिर कुमार सहनीको समेत आवाज रेकर्डिङ तीव्र गतिमा
रौतहट — भोजपुरी भाषामा निर्माण भइरहेको सामाजिक फिल्म ‘पगडी’ को डबिङ कार्य तीव्र गतिमा अघि बढिरहेको छ। हालै छायांकन सम्पन्न भएको फिल्ममा नायक रन्धिर कुमार सहनी सहित अन्य कलाकारहरूको आवाज रेकर्डिङको काम सुरु भइसकेको निर्माण पक्षले जनाएको छ।
सुधीर इन्टरटेन्मेन्ट प्रा.लि. र के.एम. फिल्मको संयुक्त ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्देशन गोविन्द ठाकुरले गरेका हुन्। फिल्मको सम्पूर्ण छायांकन रौतहट जिल्लाभित्रै सम्पन्न गरिएको छ।
फिल्मका निर्माता कृष्ण मनि झाका अनुसार ‘पगडी’ले भोजपुरी समाजमा गहिरो गरी जरा गाडेर बसेका सामाजिक कुरीति तथा कुसंस्कारमाथि चोट पुर्याउने उद्देश्य राखेको छ।
उनका अनुसार, फिल्ममा छुवाछूत, बालविवाह, दहेज प्रथा, भ्रूण हत्या र मिटरब्याज जस्ता मुद्दाहरूलाई उठान गरिएको छ।
फिल्ममा रन्धिर कुमार सहनी नायकको भूमिकामा छन् भने, मुख्य अभिनेत्रीको रुपमा निभा यादव देखिनेछिन्। त्यस्तै इमामुन राज, पवन साह, रामबाबु साह, अपर्णा झा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
छायांकन निर्देशक मेवालाल कुमार यादवका अनुसार, “फिल्म पारिवारिक वातावरणमा सबै उमेर समूहले सँगै बसेर हेर्न मिल्ने खालको बनाइएको छ।” निर्देशक ठाकुरले पनि स्थानिय कलाकारहरूलाई प्राथमिकता दिँदै अभिनय गराइएको जानकारी दिएका छन्।
डबिङ कार्य सम्पन्न भएसँगै फिल्मको प्रदर्शन मिति चाँडै सार्वजनिक गरिने तयारी रहेको निर्माण पक्षको भनाइ छ।
‘पगडी’ले भोजपुरी चलचित्र क्षेत्रमा नयाँ धार र सामाजिक चेतना ल्याउने अपेक्षा गरिएको छ।
📝 समाचार स्रोत: मेवालाल कुमार यादव
📅 सम्पादन मिति: २०८२ जेठ १४
✍️ रिपोर्टिङ: थाङ्मीचागु डटकम डेस्क




