मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
भिजिट भिसा प्रकरण: स्वतन्त्र आयोग गठनको माग, गृहमन्त्रीको राजीनामा पनि माग
भिजिट भिसा प्रकरण: स्वतन्त्र आयोग गठनको माग, गृहमन्त्रीको राजीनामा पनि माग
थाङमिचागु डटकम संवाददाता

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्न माग गरेको छ। साथै, गृहमन्त्री रमेश लेखकको राजीनासमेत माग गरिएको छ।
रास्वपाका सांसद शिशिर खनाल ले संसदमा वक्तव्य दिंदै भने, “कुनै निकायले प्रमाण जुटाउँदैछ भने उसलाई प्रमाण नष्ट गर्न सरुवा गर्ने ?” उनले प्रहरी अनुसन्धानमा पूर्वाग्रह देखिएको आरोप लगाउँदै अनुसन्धानको दायरा गृहमन्त्रीसम्म विस्तार गर्नुपर्ने माग गरे।
खनालले विगतको नक्कली भुटानी शरणार्थी प्रकरण र रवि लामिछाने प्रकरण उदाहरण दिँदै अनुसन्धान प्रक्रियामा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाए। उनले भने, “सत्ता पक्षका सांसदलाई चिया खुवाएर छाडिन्छ, विपक्षीलाई हिरासतमा राखिन्छ – यस्तोमा निष्पक्ष छानबिन हुने विश्वास कसरी गर्ने ?”
रास्वपाले स्वतन्त्र आयोग गठन नभएसम्म संसद अवरुद्ध गर्ने चेतावनीसमेत दिएको छ।





