राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
वडा अध्यक्ष तामाङको दूरदर्शी पहल: बाबुराम खोलामा पक्की वाल निर्माण गरेर स्थानियलाई बाढीको त्रासबाट उन्मुक्ति ।।।
वडा अध्यक्ष तामाङको दूरदर्शी पहल: बाबुराम खोलामा पक्की वाल निर्माण गरेर स्थानियलाई बाढीको त्रासबाट उन्मुक्ति ।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, जेठ १ ।
सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ का वडा अध्यक्ष सूर्यमान तामाङले स्थानिय विकास र सुरक्षा पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्याएका छन् । बर्सेनि बाढीको जोखिममा रहने बाबुराम खोलाको दीर्घकालीन कटान नियन्त्रणका लागि अध्यक्ष तामाङले करिब अढाई मिटर अग्लो पक्की वाल निर्माण गराउँदै स्थानियको घर, पसल तथा सम्पत्तिलाई सुरक्षित गर्न सफल भएका छन् ।
उक्त खोलाको कटानका कारण विगतमा वडावासीहरुले ठूलो पीडा भोग्नु परेको थियो । विशेष गरी गत वर्षको असार र साउन महिनामा आएको बाढीले एक वृद्धको घर नै बगाउने अवस्थामा पुगेपछि, स्थानिय पत्रकार विनोद मण्डलको पहलमा वडा अध्यक्ष तामाङले तत्कालीन रूपमा समन्वय गरी खोलाको नियन्त्रणका लागि आवश्यक प्रक्रिया अघि बढाएका थिए ।
उक्त प्रयास अन्तर्गत वडा नम्बर १३ को बजार क्षेत्रअन्तर्गत खोलाको पूर्वतर्फ पक्की वाल निर्माणको कार्य थालिएको हो । अध्यक्ष तामाङको यस्तो दूरदर्शी सोच र सक्रिय कार्यशैलीका कारण हाल स्थानियवासीहरूबीच उनको प्रसंसा चुलिएको छ । “यसपाली बाढी आयो भने हाम्रो घर बग्ने त्रास छैन”, एक स्थानिय बासिन्दाले बताए ।
विकास निर्माणसँगै जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै गरिएको अध्यक्ष तामाङको यो पहल अन्य वडाका जनप्रतिनिधिका लागि पनि प्रेरणा बन्ने देखिन्छ ।




