मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
सुरुङ मार्ग–नागढुंगा सडक खण्ड कच्ची, यात्रुहरूलाई सास्ती
सुरुङ मार्ग–नागढुंगा सडक खण्ड कच्ची, यात्रुहरूलाई सास्ती
थाङमिचागु डटकम संवाददाता

धादिङको धुनेबेसी नगरपालिका अन्तर्गत सुरुङ मार्गदेखि काठमाडौं चन्द्रागिरी–२ नागढुंगा सडक खण्ड अहिले अत्यन्तै जर्जर बनेको छ। कालोपत्रे हटाएर सडक कच्ची बनाइएपछि उक्त खण्डमा सवारी तथा पैदल यात्रुहरूलाई निकै कठिनाइ भोग्नु परेको छ।सुरुङ मार्ग–नागढुंगा सडक खण्ड कच्ची, यात्रुहरूलाई सास्तीधादिङको धुनेबेसी नगरपालिका अन्तर्गत सुरुङ मार्गदेखि काठमाडौं चन्द्रागिरी–२ नागढुंगा सडक खण्ड अहिले अत्यन्तै जर्जर बनेको छ। कालोपत्रे हटाएर सडक कच्ची बनाइएपछि उक्त खण्डमा सवारी तथा पैदल यात्रुहरूलाई निकै कठिनाइ भोग्नु परेको छ।
नौबिसेदेखि सुरुङ मार्गसम्मको भाग कालोपत्रे भएपछि सवारी आवागमन सहज भएको थियो। तर सुरुङ मार्गदेखि नागढुंगासम्म कालोपत्रे मर्मत कार्यका लागि भैरहवाबाट कालोपत्र निकालेर बाटो कच्ची बनाइएको छ। निर्माण कार्य समयमा सम्पन्न नभएकाले दैनिकजसो जाम, धुलो, र दुर्घटनाको जोखिम बढेको स्थानीयवासी तथा सवारी चालकहरूले गुनासो गरेका छन्।
सडक निर्माण कार्यमा ढिलाइ हुँदा न यात्रुहरू सुरक्षित छन्, न त ट्राफिक प्रहरी नै सहज छन्। यात्रुहरूलाई पैदल हिँड्न समेत कठिन भएको छ भने सवारी साधन लामो समय जाममा फस्न बाध्य छन्।
स्थानीय जनताको तर्फबाट माग छ कि सुरुङ मार्ग निर्माण कम्पनी र सडक विभागले निर्माण कार्यलाई शीघ्र अघि बढाई जनसाधारणको समस्या समाधान गर्नुपर्छ।






