मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
पुर्वराजा ज्ञानेन्द्र शाहलाई बिना घोषणा नजरबन्द, राजावादी गतिविधिमा कडाइ
पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिना घोषणा नजरबन्द, राजावादी गतिविधिमा कडाइ
भाङमिचागु डटकम संवाददाता

काठमाडौं, वैशाख २८।
राजावादी आन्दोलनका तयारी तीव्र भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले बिना औपचारिक घोषणा नजरबन्दमा राखेको छ। उच्च स्रोतका अनुसार शाहलाई शनिबारदेखि राजधानीस्थित निर्मल निवासमै नजरबन्द गरिएको हो।
नेपाल प्रहरीका सिभिल पोशाकका अधिकारीहरू निर्मल निवासमा खटिएका छन्। पूर्वराजा शाह शुक्रबार १२ दिने नगरकोट बसाइ सकेर काठमाडौं फर्किएका थिए। फर्किएलगत्तै उनलाई सशस्त्र निगरानीमा राखिएको हो।
नगरकोट बसाइका क्रममा शाहले विभिन्न राजावादी नेताहरूसँग गोप्य भेटघाट गरेका थिए। स्रोतका अनुसार उनीहरूले राजसंस्था पुनःस्थापनाका लागि आन्दोलनको रणनीति बनाइरहेका थिए।
यसअघि राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलाई समेत नजरबन्दमा राखिएको थियो भने आइतबार मात्रै शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरिएको छ। सरकारले राजसंस्था पक्षधर गतिविधिहरूमाथि निगरानी र नियन्त्रण बढाउँदै लगेको देखिएको छ।
सरकारको तर्फबाट भने यसबारे औपचारिक धारणा आएको छैन। यता, राजावादी पक्षले पूर्वराजामाथिको नियन्त्रणप्रति आपत्ति जनाउँदै विरोध कार्यक्रम तयारी गरिरहेको जनाइएको छ।





