मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
प्रचण्डको दाबी: “सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ”
प्रचण्डको दाबी: “सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ”
थाङमिचागु डटकम संवाददाता

पाँचथरमा आयोजित जनसभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरेका छन्। उनले वैशाख २७, २०८२ (May 10, 2025) मा फिदिम बजारमा बोल्दै सरकारलाई “दुई तिहाइको भिजेको बिरालो” मा तुलना गरेका थिए ।
उनका अनुसार,
“यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ … ढल्छ। हामी सरकार ढाल्ने हतारोमा छैनौं, अहिले जनतासँगै छौं।”
यस कथनमा उनले आफूहरूले सरकार ढाल्ने षड्यन्त्रमा नभएको र अहिले मुख्य रूपमा जनताको पक्षमा रहने प्रतिवद्धता दोहो¥याएका छन् ।
प्रचण्डले कांग्रेस–एमालेको नेतृत्वमा रहेको गठबन्धन सरकारलाई अवसरवादी र प्रतिक्रियावादी बताए र् उनले भने,
“कांग्रेस–एमालेसहितको गठबन्धनसरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी छ।”
तर आफूहरूसँग तत्काल सरकार–परिवर्तन गर्ने हतारो नभएको पनि प्रस्ट पारे ।
यस अघि देशभरको राजनीतिक अस्थिरता र संसदीय समीकरणमा frequent उतारचढाव भएपछि फेरि सरकारको दायित्व बहन गर्ने दलहरूबीच द्वन्द्व बढिरहेको छ। प्रचण्डको यो अभिव्यक्तिले आगामी दिनमा राजनीतिक तनाव र गठबन्धनको भविष्य के होला भन्ने प्रश्नलाई थप उचाल्नेछ।





