राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
लेखापढी एसोसिएसन लाहानद्वारा ज्ञापन पत्र ।।।
लेखापढी एसोसिएसन लाहानद्वारा ज्ञापन पत्र ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,वैशाख २४ । जिल्ला प्रशासन कार्यालय सिरहामा पुगेर नेपाल लेखापढी कानुन व्यवसाय एसोसिएसन इकाई समिति लाहानले पाँच बुदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई तीन दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका हुन ।
लाहान स्थित मालपोत अधिकृत डमरु प्रसाद निरौला कार्यालयमा नियमित रूपमा उपस्थित नहुँदा सेवाग्राहीको काम प्रभावित हुँदै गएपछि विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको बताईएको छ ।
मागहरु
१, मालपोत कार्यालय लाहानमा दैनिक जनता तथा सेवाग्राहीको काम काज छिटो छरितो हुने व्यवस्था गर्ने सम्बन्धमा ।
२,कार्यालय समय भित्रमा प्रमुख मालपोत अधिकृत ज्युले आफ्नो कार्यकक्षमा बसी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने सम्बन्धमा ।
३, छुट जग्गा दर्ताको म्याद सक्न लागेको हुँदा म्याद भित्रमा नै छुट जग्गा दर्ता गर्ने सम्बन्धमा ।
४, मालपोत कार्यालय लाहानमा वर्षौदेखि कामकाज गर्दै आइरहेका नेपाल लेखापढी कानुन व्यवसाय तथा भु सेवा संचालकहरु समेत माथि प्रमुख मालपोत अधिकृतले झुठ्ठा आरोप लगाई जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएको सो उजुरी अलिम्ब फिर्ता लिने सम्बन्धमा ।
५, नया मालपोत भवन निर्माण गरिएको हाताभित्रमा सेवाग्राहीहरुले सेवा लिन आउँदा घाम ,पानी , हावा,हुरी बतासबाट बच्नको लागि सेवाग्राहीहरुलाई बस्नको लागि एउटा प्रतिक्षालय भवन निर्माण गर्ने गराउने सम्बन्धमा ।
लेखापढी एसोसिएसन इकाई लहानका अध्यक्ष राम नारायण यादवसहितको टोली जिल्ला प्रशासन कार्यालय सिरहामा पुगेर सो ज्ञापन पत्र बुझाएका थिए ।




