नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
शिक्षक आन्दोलनप्रति प्रचण्डको समर्थन : ‘धोका भएको छ, आन्दोलन जारी राख्न अपील’
शिक्षक आन्दोलनप्रति प्रचण्डको समर्थन : ‘धोका भएको छ, आन्दोलन जारी राख्न अपील’
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, वैशाख १० –
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूको आन्दोलनलाई समर्थन जनाउँदै त्यसलाई निरन्तरता दिन अपील गरेका छन्। नेकपाको ७७औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले सरकारले शिक्षकहरूलाई पटक–पटक धोका दिएको उल्लेख गर्दै आन्दोलन जारी राख्न आग्रह गरेका हुन्।
‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपील गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘तपाईंहरूले पटक–पटक आन्दोलन गर्नुभएको छ, तर पटक–पटक धोका भएको छ। अब त्यस्तो नहोस् भन्ने हाम्रो सबैको जिम्मेवारी हो।’
उनले वर्तमान सरकारलाई आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूप्रति बेइज्जतीपूर्ण व्यवहार गरेको आरोप लगाए। ‘दुई हप्तादेखि शिक्षकहरू आन्दोलित छन्, तर सरकार गम्भीर देखिएको छैन। प्रधानमन्त्रीले उनीहरूको माग सुन्नु त परै जाओस्, उल्टै गाली गर्ने, हप्काउनेजस्ता अभद्र व्यवहार गरेका छन्,’ उनले भने।
प्रचण्डले ओली नेतृत्वको सरकार अब शासन चलाउने नैतिक अधिकार गुमाइसकेको दाबी गर्दै शिक्षकहरूको जायज माग पूरा गर्न ढिलाइ नगर्न चेतावनी दिए।





