बिद्यालय कर्मचारीलाई बिद्यालयको चाबी लिएर आन्दोलनमा आउन आव्हान

0Shares

काठमाडौँ : नेपाल विद्यालय कर्मचारी परीषद्ले २४ घण्टाभित्र विद्यालयको चावी लिएर काठमाडौँको आन्दोलनमा अनिवार्य सहभागी हुन सबै प्रदेश, स्थानीय कार्यसमिति र कर्मचारीहरूलाई निर्देशन दिएको छ। परिषद्ले आज विज्ञप्ति जारी गरी कक्षा १२ को परीक्षामा सहभागी हुन लागेको जानकारी आएको भन्दै उनीहरूलाई यस्तो निर्देशन दिएको हो।
यो शिक्षक कर्मचारीहरूको आन्दोलनमा कसैलाई छुट नहुने पनि परिषद्ले जनाएको छ।
‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको हुँदा जारी प्रेस विज्ञप्तिमार्फत सूचना प्राप्त भएको २४ घण्टामा चावी लिएरै काठमाडौँमा जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारीहरूलाई प्रयोग गरेर भए पनि वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षक कर्मचारीहरू थप रुष्ट बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *