नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
प्रधानमन्त्री ओलीको टिप्पणीः शिक्षक आन्दोलनको औचित्य छैन
प्रधानमन्त्री ओलीको टिप्पणीः शिक्षक आन्दोलनको औचित्य छैन
थाङमिचागु डटकम संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षासम्बन्धी ऐन तत्काल ल्याउनुपर्ने मागसहित झन्डै तीन सातादेखि जारी शिक्षक आन्दोलनलाई औचित्यहीन बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले देशको आर्थिक अवस्था अनुसार मात्र निर्णय गर्न सक्ने उल्लेख गर्दै सबै माग तुरुन्तै पुरा गर्न नसकिने स्पष्ट पारे। ऐन संसदको प्रक्रिया मार्फत पारित हुने भएकाले त्यसका लागि आन्दोलन गर्नु आवश्यक नरहेको उनको तर्क छ।
शिक्षकहरुले ऐन पारित गराउने श्रेय लिन अनावश्यक रूपमा आन्दोलन गरिरहेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले सडकमा आउनुपर्ने अवस्था नरहेको बताएका छन्।
शिक्षकहरूले आफ्ना मागहरू पुरा नभए माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका नजाँच्ने अडान लिएको विषयमा प्रधानमन्त्री ओलीले आपत्ति जनाएका छन्।
एमाले अध्यक्ष समेत रहेका ओलीले सत्ता र प्रतिपक्षमा रहँदा शिक्षक आन्दोलनप्रति फरक अभिव्यक्ति दिएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको छ।
शिक्षकहरूको आन्दोलन सोमबार २०औं दिनमा पुगेको छ। आज पनि उनीहरूले काठमाडौंको बानेश्वर क्षेत्रमा केही घण्टा प्रदर्शन गरेका थिए।





