नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
शिक्षक आन्दोलन चर्किँदा शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा
शिक्षक आन्दोलन चर्किँदा शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा
थाङमिचागु डटकम संवाददाता

शिक्षक आन्दोलन जारी रहँदा शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छिन्। उनले विद्यालय शिक्षा ऐन पारित गर्न नसकेमा पदमा बस्न आवश्यक नरहेको बताउँदै राजीनामा दिएकी हुन्। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनको औचित्यप्रति प्रश्न उठाएका छन्।
उनले शिक्षकहरूलाई राजनीतिमा संलग्न हुन प्रेरित गर्दै, शिक्षकहरूको योगदानलाई सम्मान गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई राजनीतिबाट अलग गराउने प्रयासहरूलाई गलत ठहर गर्दै, शिक्षकहरूलाई दमन गर्नु उचित नभएको बताएका छन् ।
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई राजनीतिक दलको कार्यकारिणी समितिमा संलग्न रहन नपाउने निर्णय गरेकी थिइन्, जसको परिणामस्वरूप ८२५ शिक्षकहरूले राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीले यस निर्णयको आलोचना गर्दै शिक्षकहरूलाई राजनीति गर्न प्रेरित गरेका छन्, जसले कानुनी राज्यको उपहास गरेको भनी आलोचना भएको छ ।
शिक्षक आन्दोलनको पृष्ठभूमिमा शिक्षामन्त्रीको राजीनामा र प्रधानमन्त्रीको टिप्पणीले नेपालको शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव र शिक्षकहरूको भूमिका सम्बन्धी बहसलाई थप पेचिलो बनाएको छ।





