सङ्घीय संसदको बजेट अधिवेसन आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस

0Shares

सरकारले  संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। तर जारी शिक्षक हरूको आन्दोलन को सम्बन्ध र शिक्षकहरूले उठा एको मागको विषयमा मन्त्रिपरिषद्ले गर्न सक्ने निर्णयहरूको विषयमा कुनै पनि छलफल नभएको एक मन्त्रीले बताए ।

संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने समेतका प्रयोजनका लागि  समेत अधिवेशन आह्वान गर्न सिफारिस गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *