नेपाल शिक्षक महासङ्घ द्वारा चैत्र २० देखि अनिश्चितकालीन सडक आन्दोलनको घोषणा

0Shares

२०८१ चैत्र १४, काठमाडौँ

नेपाल शिक्षक महासंघद राष्ट्रिय समितिको मिति २०८१ चैत्र १२ गते बसेको विस्तारित कार्यदलीय बैठकको निर्णय अनुसार विगतमा शिक्षक महासङ्घ सरकारबीच भएको विभिन्न सम्झौता तथा सहमतिहरु अक्षरस: समावेश गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक- कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न मिति २०८१ चैत्र २० गतेबाट संघीय राजधानी काठमाडौँ केन्द्रित अनिश्चितकालीन सडक आन्दोलनको घोषणा गरिएको छ। महासंघद्वारा जारी गरिएको निर्देशनपत्र अनुसार प्रदेश, जिल्ला र पालिका आन्दोलन परिचालन/महासङ्घ आबद्ध समितिहरूलाई मिति २०८१ चैत्र २० गते देखि हुने सडक आन्दोलनमा अनिवार्य सहभागिताको लागि आवान गरिएको छ। चैत्र २० गते देखि काठमाडौँमा हुने आन्दोलनलाई व्यापक सहभागिता सुनिश्चित गर्न हरेक जिल्लामा चैत्र १६ गते भित्र प्रधानध्यापकहरूको भेला सम्पन्न गर्ने मिति २०८१ चैत्र २० गतेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र यसमा अन्तर्गतका निकाय तथा स्थानीय तहबाट हुने गोष्ठी, सेमिनार तालिम आदिमा समेत सहभागी नहुनुहुन साथै आन्दोलन अवधिभर एस.ई.ई. लगायतका कुनै पनि परीक्षाका उत्तरपुस्तिका परीक्षण , सम्परीक्षण लगायतका कार्य नगर्न समेत सम्पूर्ण शिक्षकहरुलाई नीतिसञ्जारी गरिएको छ। यता सरकारपक्ष भने आन्दोलनको औचित्य नभएको कुरा प्रस्ट्याउँदै आइरहेको छ। शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षक महासङ्घका प्रतिनिधिहरू लाई आन्दोलनस्थलमै पुगेर शिक्षकहरूले आन्दोलन गर्दा शिक्षा ऐन जारी गर्न ढिलाई हुने र प्रभावित हुने भएको हुँदा तत्काल आन्दोलन रोक्न अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *