मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
नेवाः समुदायको स्पष्ट सन्देश – राजतन्त्रको पुनर्स्थापनाको माग हामीलाई स्वीकार्य छैन, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ प्रतिबद्धता
नेवाः समुदायले भन्यो – हामी राजतन्त्रको पक्षमा छैनौं
काठमाडौं, २०७९ चैत १४ – नेवाः समुदायका बुद्धिजीवीहरूको बैठकले आफूहरू राजतन्त्रको पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनीहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, र समावेशी लोकतन्त्र को पक्षमा उभिने निर्णय गरेका छन्।
आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक रूपमा दमन गरेको इतिहास छ।”
वि.सं. २०६२/६३ को दोस्रो जनआन्दोलनपछि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि उत्पीडित समुदायका भाषा, संस्कृति, र पहिचानका अधिकारहरू अझै पनि पूर्ण रूपमा स्थापित नभएको उनीहरूको भनाइ छ।
नेवाः समुदायले हालै राजतन्त्र पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै भएका गतिविधिहरूप्रति गम्भीर आपत्ति जनाउँदै यस्तो प्रयासलाई प्रतिगामी कदम भनेका छन्।
विज्ञप्तिमा उल्लेख छ, “लामो संघर्षको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, र समावेशी लोकतन्त्रमाथि आघात पुर्याउने कुनै पनि गतिविधि नेवाः समुदायलाई स्वीकार्य छैन।”
त्यसैगरी, जात्रा तथा चाडपर्वका बेला राजनीतिक स्वार्थसिद्ध गर्न कुनै पनि अवाञ्छित गतिविधि नगर्न र नगराउन खबरदारी गर्दै जात्रा पर्वको मौलिकता जोगाउने प्रतिबद्धता जनाइएको छ।




