काठमाडौंमा समाजवादी मोर्चाको विशाल जनसभा, आमूल परिवर्तन नागरिक पार्टीको समर्थन

0Shares

काठमाडौंमा समाजवादी मोर्चाको विशाल जनसभा, आमूल परिवर्तन नागरिक पार्टीको समर्थन

काठमाडौं, २०८१ चैत १२

यही चैत १५ गते (शुक्रबार) समाजवादी मोर्चा, नेपालले काठमाडौंमा विशाल जनसभा र विरोध प्रदर्शन आयोजना गर्ने भएको छ। आमूल परिवर्तन नागरिक पार्टीले उक्त आन्दोलनलाई समर्थन गर्दै गणतन्त्र र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षाका लागि सबै अग्रगामी शक्तिलाई सहभागिताका लागि आह्वान गरेको छ।

पार्टीका अध्यक्ष दलमर्दन कामी ले गणतन्त्र र संघीयता विरोधी तत्वहरूको गतिविधि बढ्दै गएको भन्दै जनअधिकारको रक्षा गर्न सबै न्यायप्रेमी, देशभक्त तथा गणतन्त्र समर्थक नागरिकहरू सशक्त रूपमा उपस्थित हुनुपर्ने बताए। उनले समाजवादी मोर्चाद्वारा आयोजित जनसभामा सक्रिय सहभागिता रहने प्रतिबद्धता जनाउँदै, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा आम नागरिकको कर्तव्य भएको उल्लेख गरे।

मोर्चाका नेता महेन्द्र राय यादव लगायतका नेताहरूसँगको भेटमा आमूल परिवर्तन नागरिक पार्टीले १५ गतेको आन्दोलनमा पूर्ण समर्थन रहने स्पष्ट पारेको छ। कामीले देशलाई यथास्थितिवादी, प्रतिगामी र जनविरोधी शक्तिहरूबाट जोगाउन सबै पक्ष सचेत हुनुपर्ने भन्दै सशक्त सहभागिताका लागि अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *