मुख्य मन्त्री सिंहको ध्यान नपुगेको खानेपानी ट्याङ्की वर्षौंदेखि अलपत्र ।।।

0Shares

मुख्य मन्त्री सिंहको ध्यान नपुगेको खानेपानी ट्याङ्की वर्षौंदेखि अलपत्र ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,फाल्गुन १३ । सिराहा जिल्लाको धनगढीमाई १२ स्थित दुई खानेपानी आयोजनाको ट्याङ्कीमाथि मधेश प्रदेशको मुख्य मन्त्री सतीश सिङ्को ध्यानाकर्षण नहुँदा करोडौं लागतमा निर्माण सम्पन्न गरिएको खानेपानी आयोजनाको ट्याङ्की सञ्चालन नहुँदै अलपत्र अवस्थामा पुगेको छ ।

वडाको सरे खोलाको दक्षिणी किनारमा अवस्थित ठटिया खानेपानी ट्याङ्की र कुशमाहा खानेपानी आयोजनाको ट्याङ्की सञ्चालन नहुँदै अलपत्र अवस्थामा पुगेको छ ।

स्थानीयबाट निर्माणको लागि घर धुरीबाट उठाएको २४ सय रकमको हालसम्म कुनै हरहिसाब छैन भने ट्याङ्की परिसरबाट ट्रान्सफर्मर चोरी भएको अवस्था रहेको पाईन्छ भने स्थानिय उपभोक्ता समितिका पदाधिकारीहरुको मनोमानी र कमिसन को खेलको कारण हालसम्म खानेपानी आयोजनाको ट्याङ्की सहित भौतिक संरचना र अन्य भौतिक वस्तुहरू अलपत्रको अवस्थामा पुगेको छ ।

सरकारको रकमको दुरूपयोग भएको यस खानेपानी आयोजनाको ट्याङ्की हालसम्म सञ्चालन नभएपनि एकातिर मधेश प्रदेशको अख्तियार प्रमुख मौन बसेको अवस्था छ भने अर्कोतिर मुख्य मन्त्री स्वास्थ्य अनुगमनमा व्यस्त भएको कारण स्थानिय जनताले सास्ती खेप्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *