नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
डोटेल माविमा नियम मिच्दै निमित्त प्रधानाध्यापक जयराम कार्कीको नियुक्ति विवादमा ।।।

हेम प्रसाद पासवान, मंसिर १५ ।
सिराहा जिल्लाको साविक विष्णुपुरकट्टी ७ (हाल धनगढीमाई १२) मा रहेको श्री तुलसी राम सत्य भामा माध्यामिक उच्च मावि विवादमा तानिएको छ । विद्यालयमा नियम र कानुन मिचेर जयराम कार्कीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन् ।
दुवै मृगौला पीडित अवस्थामा रहेका कार्कीलाई स्वर्गीय प्रधानाध्यापक बलराम भक्त श्रेष्ठको निधनपछिको जिम्मेवारी कानुन अनुसार दिएको नभएको स्थानीयहरूले दाबी गरेका छन् ।
विद्यालयमा जयराम कार्कीभन्दा वरिष्ठ र योग्य शिक्षकहरू किशोर शाह, चन्द्र नारायण चौधरी, र निलु कुमारी झा हुँदा-हुँदै पनि उनलाई निमित्त प्रधानाध्यापक बनाइनुले कानुनी प्रक्रिया उल्लङ्घन मात्र नभई विद्यालयलाई विवादमा तान्न खोजिएको आरोप छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर मगर राजनीतिक दबाबमा परेर स्थायी प्रधानाध्यापक नियुक्त गर्न असफल भएको बताइएको छ । व्यवस्थापन समितिको निर्णय नआउँदा विद्यालयको पठनपाठनमा कमजोर स्थिति झन् गहिरिएको छ ।
धनगढीमाई नगरपालिका र वडा अध्यक्ष जय प्रकाश शर्माले विवाद समाधान गर्न कुनै कदम नचालेको स्थानीयको गुनासो छ । कार्कीले नगरका नेताहरूलाई प्रभावमा पार्दै पदमा रहिरहन सक्रियता देखाएका छन् ।
विद्यालयको शैक्षिक वातावरण खस्कँदै गइरहेको र द्वन्द्वको सम्भावना उच्च भएकोले सम्बद्ध निकायले तत्काल कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ । प्रधानाध्यापक नियुक्ति प्रक्रिया कानुनी ढंगले अघि बढेन भने विद्यालय थप समस्यामा फस्ने निश्चित देखिन्छ ।
श्री तुलसी राम सत्य भामा माविको विवादले कानुनी र व्यवस्थापकीय कमजोरीको स्पष्ट चित्रण गरेको छ । समस्या समाधानका लागि जिम्मेवार निकायले तत्काल चासो देखाउन आवश्यक छ ।





