आइतबारेको ऐतिहासिक बजारले पायो नयाँ स्वरूप, स्थानीय सहभागितामा सम्पन्न सौन्दर्यीकरण योजनाको उद्घाटन ।।।
2026-07-12ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12
दोलखा जिल्लाको करिव ३६ सय मिटर उचाइमा पर्ने देउढुङ्गामा सेती देवी भनेर चिनिने मन्दिर अवस्थित
दोलखा जिल्लाको उत्तरी भागमा अवस्थित देउढुङ्गा एक अद्वितीय धार्मिक र प्राकृतिक गन्तव्य हो। यो स्थान करिब ३,६०० मिटर उचाइमा छ र सेती देवी मन्दिरका लागि प्रख्यात छ।
थाङमिचागु डटकम संवाददाता

विस्वास गरिन्छ कि यहाँ मनले चिताएको कुरा पूरा हुन्छ। रोचक कुरा, यो ढुंगाको आकृति पहाडको बीचमा यस्तो देखिन्छ कि मानौं कुनै आकर्षक घर हो, जसले यो स्थानलाई अझ रोमान्चक बनाएको छ।
देउढुङ्गालाई कालिञ्चोक भगवतीको दिदीबहिनी भनेर भन्ने किंवदन्ती पनि रहेको छ। यद्यपि पर्यटनको अपार सम्भावना बोकेको यो स्थान प्रचार-प्रसारको अभावमा गुमनाम जस्तै छ। यहाँबाट बौलाहा पोखरी दर्शन गर्न जाने पदमार्ग पनि छ, जुन ट्रेकिङका लागि उपयुक्त मानिन्छ।
चीनको सीमा नजिक रहेकाले यो ठाउँ कुनै समय खाशा व्यापारको महत्वपूर्ण नाकाको रूपमा परिचित थियो। खासमा, यहाँबाट एक दिनमै पैदल हिँडेर चीन पुग्न सकिन्छ। साथै, प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्ने गर्छ। यस मेलामा चीनको लापटाङ, सेमगिरी, सिन्धुपाल्चोक र दोलखाका मानिसहरू सहभागी हुन्छन्।
देउढुङ्गाको ऐतिहासिक र सांस्कृतिक महत्त्वका साथै यसको प्राकृतिक सुन्दरताले यसलाई पर्यटकीय गन्तव्य बनाउन सक्ने अपार सम्भावना छ। उचित प्रचार-प्रसार र पूर्वाधार विकासले यो स्थानलाई पर्यटनको नक्शामा उजागर गर्न सकिन्छ।





