नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
दोलखास्थित तामाकोशी नदीमा बेपत्ता युवकको शव फेला परेको छ ।
दोलखा जिल्लाको तामाकोशी नदीमा हिजो एकादशीको पूजापछि पौडी खेल्ने क्रममा बेपत्ता भएका मेलुङ गाउँपालिका–१, जामुनेका २२ वर्षीय राजेन्द्र बुढाथोकीको शव फेला परेको छ।
थाङमिचागु डटकम संवाददाता

चैतघाटमा फूलको डोरी तारेर पूजा लगाएका उनले त्यसपछि पौडी खेल्दा नदीमा हराएका थिए। उनकाे शव भ्याकुरे क्षेत्रमा फेला परेको जनाउँदै प्रहरी नायव उपरीक्षक युवराज खड्काले घटनाबारे जानकारी दिएका छन्। शव खोज्न आज बिहानैदेखि गोताखोर सहितको टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार राजेन्द्र बुढाथोकी हिजो एकादशीको पूजा सकेर तामाकोशी नदीमा पौडी खेल्ने क्रममा हराएका थिए। उनले चैतघाटमा पूजा गर्दै फूलको डोरी तारेपछि नदीमा पौडी खेल्न सुरु गरेका थिए। उनी अचानक नदीको बहावमा बेपत्ता भएपछि परिवार र स्थानीयले खोजी कार्य सुरु गरेका थिए।
घटनाको जानकारी पाएपछि आज बिहानैदेखि गोताखोर टोलीलाई घटनास्थलमा परिचालन गरियो। स्थानीयबासीको सहयोग र प्रहरीको प्रयासले उनको शव भ्याकुरे क्षेत्रमा फेला परेको हो।
बुढाथोकीको असामयिक निधनले गाउँमा शोकको माहोल छाएको छ। प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।





