Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
सिराहा जिल्लाको लहानको खुट्टी खोलाको नहर याेजना निर्माण भए पनि कृषककाे खेतबारीमा सिँचाइ पुगेन ।

विनाेद मण्डल कार्तिक- १७
प्रदेश सरकारबाट प्राप्त ८ करोड ५६ लाख बजेट जुन सिँचाइ कार्यालय सिराहा मार्फत् लाहान १० स्थित खुट्टी खोलामा आम किसानको खेतबारीमा सिँचाइ गर्ने उद्देश्यका साथ भौतिक संरचनाको निर्माण थालिएको थियो । स्मरण रहोस् तत्कालीन लाहानका मेयर मुनि शाहले एक औपचारिक कार्यक्रमका बीच खुट्टी खोलामा विधिपूर्वक भौतिक संरचना निर्माणको सिल्यान्यास विक्रम सम्वत २०७८ कार्तिक २२ गते सोमबारका दिन गरेका थिए ।
विक्रम सम्वत २०७८ सालमा खुट्टी खोलाको नहर/ ड्याम(हेड वक्स) निर्माणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीहरु
१, नारायण उप्रेती – अध्यक्ष
२,सत्रुघन मण्डल – उपा – अध्यक्ष
३,मञ्जु गुप्ता – सचिव
४, रामतलेवर शाह – कोषाध्यक्ष
सदस्यहरु
५,श्याम प्रसाद गुप्ता
६,तुलसी राम यादव
७, रिता देवी महतो
८, आन्त्कारी देवी गुप्ता
९,विलेक्षण महतो
१०, मन्टुन चौधरी
यही समिति मार्फत काम सम्पन्न भएपनि आम किसानको खेतबारीमा सिँचाइ पुगाउन सकिएन । उक्त समयमा करिब ९३५ बिगाहा जमिनमा सिँचाइ पुगाउने लक्ष्य लिएको भएता पनि निर्माण सम्पन्न भएपनि नहर सञ्चालन हुन सकेको हालसम्म छैन ।




