नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Thursday, May 28, 2026
सिरहा र धनुषा जोड्ने हुलाकी सडकमा कमलास्थित बासको पुलबाट शुल्कसहित आवत जावत ।।।
सिरहा र धनुषा जोड्ने हुलाकी सडकमा कमलास्थित बासको पुलबाट शुल्कसहित आवत जावत ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, कार्तिक १७ । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल मर्मतको क्रममा रहेको हुँदा, बस्बिट्टामा नयाँ अस्थायी काठे (बाँस) पुल संचालनमा आएको छ ।
उक्त पुलबाट मोटरसाइकल आवागमनका लागि यात्रीहरूले प्रति पटक २० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। साइकल यात्री तथा पैदल यात्रीहरूका लागि भने कुनै शुल्क नलाग्ने निर्णय गरिएको छ।
कमला नदीमा मर्मत गरिने पक्की पुल पूर्ण रूपमा निर्माण नहुँदासम्म यस काठे पुलको विकल्पको रूपमा संचालन गरिने बताइएको छ। स्थानीय प्रशासनले यो अस्थायी व्यवस्था सर्वसाधारणलाई सुविधा दिन बनाइएको उल्लेख गरेको छ।





