दोलखामा एक महिनाको अवधिमा ७ वटा सवारीसाधन दुर्घटना

0Shares

दोलखामा एक महिनाको अवधिमा ७ वटा सवारीसाधन दुर्घटना

थाङमिचागु डटकम संवाददाता

दोलखामा एक महिनाको अवधिमा ७ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार बितेको असोज महिना भित्र सो दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार उक्त दुर्घटनामा परी २९ जना घाईते भएका मध्ये १ जना युवकले ज्यान गुमाएका छन् भने ५ जना गम्भीर घाईते भएका छन् । ज्यान गुमाउनेमा रामेछाप स्थित उमाकुण्ड गाउँपालिका – ६ का २२ वर्षीय लोक बहादुर श्रेष्ठ रहेका छन्। उनको भिमेश्वर नगरपालिका ८ चरङ्गेमा काठमाडौंबाट रामेछाप जाने क्रममा भएको दुर्घटना परि मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ। यता असोज महिनामा ३ वटा बस,२ वटा माइक्रो र २ मोटरसाइकल दुर्घटना भएको कार्यालयको तथ्यांकमा छ।

गत असोज ११ र १२ गतेको अविरल बर्षाले क्षतिग्रस्त खुर्कोटको पुल बगाएपछि रामेछाप, मन्थली, ओखलढुङ्गा, सोलुखुम्बु लगाएतका सवारीसाधन दोलखा हुदैँ काठमाडौं आवतजावत गरेका थिए।दोलखामा विगतको वर्षको बडादशैंमा भन्दा यो वर्षको बडादशैंमा सवारीसाधनको चाप बढेको देखिएको थियो। जसअन्तर्गत जिल्ला बाहिरबाट आउने सवारीसाधन बढि मात्रामा दोलखामा दुर्घटनामा परेको प्रमुख भट्टराईले बताए। उनका अनुसार जिल्लामा दुर्घटना न्यूनीकरण सम्बन्धि विभिन्न कार्यक्रमहरू चलाइरहँदा जिल्ला बाहिरबाट आएका सवारीसाधन मात्र बढी दुर्घटनामा परेको छ । 

दशैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय दोलखाले यात्रु सहायता कक्ष स्थापनासहित सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गरेको पनि छ। ट्राफिक प्रमुख भट्टराईले जिल्लामा दुर्घटना न्यूनीकरण गर्न जनचेतनामुलक कार्यक्रमहरु गरेसँगै विगतका महिनाहरूमा दुर्घटनाका घटना खासै नघटेको तर घटेपनि सामान्य दुर्घटना मात्र घटेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

प्रमुख भट्टराईले जिल्लाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउनुका साथसाथै उल्लेखनीय योगदान पुराएको भन्दै नागरिक समाज दाेलखाले खुलेर प्रशंसा समेत गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *