नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
शव गाड्ने क्रममा कुकुर भुकेपछि पत्ता लागे १४ वर्षीया किशोरीको हत्यारा
शव गाड्ने क्रममा कुकुर भुकेपछि पत्ता लागे १४ वर्षीया किशोरीको हत्यारा
थाङमिचागु डटकम संवाददाता

डडेल्धुरा । डडेल्धुरामा किशोरी हत्या आरोपमा पक्राउ परेका व्यापारीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।
अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीमाथि अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्याको आरोप छ ।
भण्डारीले आरतीको आफूले हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मेलनमा डडेल्धुरा प्रहरी प्रमुख डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
भण्डारीले पोखरा बजारस्थित आफ्नै भण्डारी पुस्तक तथा स्टेशनरी पसलको भित्री कोठामा घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । भण्डारीले आफ्नो पसलमा आएकी आरतीलाई कुराकानीका क्रममा आवेशमा आएर हत्या गरेको बताएका छन् ।
आरतीको शव पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर फालेको अवस्थामा भेटिएको थियो ।
शव व्यवस्थापन गर्ने क्रममा कुकुर भुकेपछि भाग्ने क्रममा भण्डारी मोटरसाइकलसहित नालीमा खसेका थिए । त्यसपछि स्थानीयले हत्यामा उनको संलग्नता रहेको पत्ता लगाएका थिए ।





