७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Saturday, October 17, 2026
दोलखामा काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु
दोलखामा काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु
थङमिचागु डटकम संवाददाता

दोलखामा काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ र ८ जना घाइते भएका छन्। दुर्घटना दोलखाको भीमेश्वर नगरपालिका–८ बोचको चरङ्गे क्षेत्रमा भएको हो।
दुर्घटनामा २३ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको छ भने गम्भीर घाइते २५ वर्षीय धनबहादुर खड्कालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
बसमा ४३ जना यात्रु सवार थिए, र ओभर स्पीडका कारण दुर्घटना भएको प्रहरी प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिएका छन्। बाँकी घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, र घटनाबारे थप अनुसन्धान जारी छ।





