४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
दोलखाको तामाकोशी गाउँपालिकामा एक पुरुषले कुटपिट गरी श्रीमतीको हत्या
तामाकोशी गाउँपालिकामा एक पुरुषद्वारा श्रीमतीको कुटपिट गरी हत्या
थाङमिचागु डटकम संवाददाता

चरिकोट। दोलखाको तामाकोशी गाउँपालिकामा एक पुरुषले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् ।तामाकोशी गाउँपालिका-७ मा यो घटना भएको हो ।
श्रीमानको कुटपिटबाट मृत्यु हुनेमा २९ वर्षीया बिमला सुनुवार रहेका छन् । प्रहरीका अनुसार उनको मृत्यु श्रीमानको कुटपिटबाट भएको खुलेको छ। उनी आफ्नै घरमा मृत फेला परेपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। विमलाको शरीरमा चोटपटक देखिएपछि घटना शंकास्पद देखिएको थियो ।
शनिबार राति श्रीमानले मदिरा सेवन गरि कुटपीट गर्दा गम्भीर घाईते भएकी बिमलाको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपीटमा संलग्न मृतकका श्रीमान झपटबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।





