इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नयाँ बेलिब्रिज निर्माण
सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज
थाङमिचागु डटकम संवाददाता

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको छ। आश्विन १० गतेदेखि १३ गतेसम्म लगातारको वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नयाँ बेलिब्रिज निर्माण थालिएको हो ।
आइतबार हेटौंडाबाट बेलिब्रिजका सामान लगेर बेलिब्रिज निर्माणको काम सुरु भएको नेपाली सेनाले जनाएको छ।
बाढीले बीपी राजमार्ग र पुष्पलाल राजमार्ग जोड्ने सुनकोशी नदीको १ सय मिटरको पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग नै बगाएको थियो ।





