यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
बागमती प्रदेश सरकारद्वारा चालु १४औं प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस
बागमती प्रदेश सरकारद्वारा चालु १४औं प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस
समाचार
मङ्गलवार १६ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
हेटौँडा, असोज १५ — बागमती प्रदेश सरकारले चालु १४औं प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गरिनेछ।
बैठकले असोज १६ गते बुधबार राति १२ बजेबाट अधिवेशन अन्त्य हुने गरी यो सिफारिस गरिएको जानकारी दिएका छन्। २०८१ साल वैशाख ३१ गतेदेखि सुरु भएको यो वर्षे अधिवेशन संविधानको धारा १८३ को उपधारा २ अनुसार अन्त्य गर्न सिफारिस गरिएको हो।
प्रदेश सभाको चालु अधिवेशनमा विभिन्न महत्वपूर्ण विधेयकहरू पारित भइसकेका छन् भने आगामी अधिवेशनमा नयाँ एजेन्डाहरू प्रस्तुत हुने अपेक्षा गरिएको छ।





