थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
विपद् राहत र पुनर्स्थापनाका लागि माओवादीको स्वयंसेवक अभियान सुरु
विपद् राहत र पुनर्स्थापनाका लागि माओवादीको स्वयंसेवक अभियान सुरु
थाङमिचागु डटकम संवाददाता
२०८१ असोज १५ गते १५:५२

१५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले विपद व्यवस्थापनका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बाढी प्रभावित क्षेत्र बल्खुमा आज राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेका हुन् ।
मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आरोपसमेत लगाए ।
अभियान उद्घाटनका क्रममा प्रचण्डले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिया पनि गरेका थिए । उनले सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने आश्वासन दिए ।




