निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
डाक्टर महाबिर पुनको पर्सा ठोरी गाउँपालिकामा विशेष भ्रमण
डाक्टर पुन ठोरीमा । थाङ्मीचागु डटकम सम्बादाता २८ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक नेपाली बैज्ञानिक डा. महाबिर पुन शुक्रबार पर्साको ठोरी गाउँपालिकाको भ्रमण गर्नु भएको छ ।
बिरगंजको कृषि औजार कारखाना संचालन अभियानका लागि आफ्नो जीवनीको पुस्तक बिक्री गर्दै उनी ठोरी का ५ वटा वडाको भ्रमण गरेका हुन ।
ठोरी ५ सुव्रणपुरबाट यात्रा आरम्भ गर्नु भएको डाक्टर पुन ठोरी १ सरस्वती चोक सम्म पुग्नु भएको थियो ।यश क्रममा डाक्टर पुन ले ठोरीका विभिन्न ठाउँको भिडियो बनाई सामाजिक संजाल फेसबुकमा ठोरी घुम्न आग्रह गर्दै ठोरीलाई पर्यटकिय स्थल बनाउन कमि भएको भन्दै प्रदेश र स्थानीय सरकारको ध्यान आकर्षण समेत गर्नु भएको छ ।
डाक्टर पुनका अनुसार पर्सा जिल्लामा सबैभन्दा बढी ४९५ वटा पुस्तक ठोरी गाउँपालिकामा बिक्री भएको भन्दै ठोरीबासी ,बुद्धिजीवी , जनप्रतिनिधि , बिधार्थी सबैलाई धन्यबाद ज्ञापन समेत दिनुभयो





