नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
हुलाकी सडक निर्माणमा ढिलासुस्तीविरुद्धको आन्दोलनमा सहमति: प्रतापपुर गाउँपालिकाका अध्यक्षको आमरण अनशन समापन
थाङमिचागु डटकम संवाददाता

हुलाकी सडक निर्माणमा ढिलासुस्तीविरुद्धको आन्दोलनमा सहमति: प्रतापपुर गाउँपालिकाका अध्यक्षको आमरण अनशन समापन ।।।
विनोद मण्डल, २९ भदौ – लुम्बिनी प्रदेशको पछिम नवलपरासी अन्तर्गत हुलाकी सडक निर्माणको ढिलासुस्तीका कारण उत्पन्न भएको आन्दोलनको सन्दर्भमा, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले सुरु गरेको आमरण अनशन लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालको पहलमा समापन भएको छ।

मन्त्री ढकालले अनशनरत यादवलाई जुस ख्वाएर अनशन समापन गराएका छन् । यसका साथै, आगामी असोजको पहिलो सातादेखि सडक निर्माणको कार्य तीव्र रुपमा पुनः सुरु गरिने र चैत मसान्तसम्म हुलाकी राजमार्गको निर्माणकार्य सम्पन्न गरिने सहमति गरिएको छ ।
यस सहमतिपछि, सडक निर्माणको काम द्रुत र प्रभावकारी रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ, जसले गर्दा स्थानीय बासिन्दा र यातायातको सुविधामा सुधार ल्याउने आशा गरिएको छ ।






