बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
कैलालीमा लागु औषध सहित पाँच जना पक्राउ
कैलालीमा लागु औषध सहित पाँच जना पक्राउ
थाङ्मीचागु डटकम सम्बादाता २८ भदौ २०८१
,कैलाली, । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. ०२ बौनियागाउँमा लागु औषध बिक्री र बितरण भइरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले एक घरमा खानतलासी गर्दा खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ, मोबाइल फोन, डिजिटल तराजु र नगद बरामद गरेको छ ।
प्रहरीले राम बहादुर चौधरीको घरमा गरिएको तलासीमा ४ ग्राम २१० मिलिग्राम खैरो हिरोइन, ४ थान Android मोबाइल, १ थान सादा मोबाइल, १ थान डिजिटल तराजु, १ थान कैची र रु. ७,५५० नगद फेला पारेको छ ।
यस घटनामा संलग्न रहेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा बर्दगोरिया गाउँपालिका वडा नं. ०२ बौनियागाउँका ४० वर्षीय राम बहादुर चौधरी, २९ वर्षीय राधेश्याम डगौरा, २६ वर्षीय रतिराम, रानिकुण्डाका २४ वर्षीय ज्ञानेन्द्र बि.क., र लम्की-चुहा नगरपालिका वडा नं. ०८ का ३० वर्षीय जनक बडुवाल समावेश छन् ।
पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालय सुखडको हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।





