भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
मिक्लाजुङमा भदौ २९ गतेदेखि अन्तर वडा फुटबल सुपर लिग सुरु हुने
थाङ्मीचागु टककम सम्बादाता २४ भदौ २०८१
मिक्लाजुङमा भदौ २९ गतेदेखि अन्तर वडा फुटबल सुपर लिग सुरु हुने
मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ युथ क्लबको आयोजनामा मिक्लाजुङ-४ मा अन्तर वडा फुटबल सुपर लिगको आयोजना हुने भएको छ। यो लिग भदौ २९ गतेबाट सुरु हुनेछ, जसमा वडा नं. ४ का ६ क्लबको सहभागिता रहनेछ। सहभागी क्लबहरूले मिक्लाजुङ गाउँपालिकाका अन्य वडाका दुई खेलाडी खरिद गरी लिगमा सहभागी गराउन पाउने व्यवस्था छ।
खेलको उद्देश्य स्थानीय खेलाडी उत्पादन र युवा खेलाडीलाई प्रोत्साहन गर्नु हो। लिगको फाइनल खेल वडा नं. ६ लालमाटी खेलमैदानमा हुनेछ। प्रथम हुने टोलीले नगद ३० हजार र दोस्रो हुनेले नगद २० हजारसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन्।





