बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
प्रधानमन्त्री ओली: गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा
प्रधानमन्त्री ओली: गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षालाई सरकारको उच्च प्राथमिकतामा राखिएको बताएका छन्। ५७औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र उमेर नाघेका नागरिकलाई जीवनोपयोगी शिक्षा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताए।
प्रधानमन्त्री ओलीले अनिवार्य तथा निःशुल्क शिक्षा पाउने हक सुनिश्चित गर्न अनिवार्य शिक्षा ऐन कार्यान्वयनसँगै साक्षरता कार्यक्रम सञ्चालनमा रहेको र सबैको एकताबद्ध प्रयासले निरक्षरतालाई अन्त्य गर्न सकिनेमा विश्वास व्यक्त गरे। साथै, विद्यार्थी भर्ना अभियानले साक्षरता अभियानलाई सहयोग गरेको उल्लेख गर्दै ड्रपआउट कम गर्न दिवाखाजा, छात्रवृत्ति जस्ता प्रोत्साहन कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताए।
सूचना प्रविधिको युगमा प्रविधिमैत्री शिक्षा र सीप विकासलाई प्राथमिकता दिँदै प्रधानमन्त्री ओलीले सबैको योगदानले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने विश्वास व्यक्त गरे।





