निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
लखनउमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुग्यो
लखनउमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुग्यो
थाङमिचागु डटकम संवाददाता

काठमाडौ,भदौ २३ । भारतीय प्रान्त उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा शनिबार भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
समाचार एजेन्सी एएनआईले राहत आयुक्त कार्यालय, लखनऊलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। समाचार एजेन्सी पीटीआईले पनि यसको पुष्टि गरेको छ।
दुर्घटनामा घाइते हुनेको संख्या २८ पुगेको राहत आयुक्तको कार्यालयले जनाएको छ। उद्धार जारी रहेको र घटनास्थलमा एनडीआरएफ र एसडीआरएफको टोली रहेको कार्यालयले जानकारी दिएको छ।





