निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
मुस्ताङ जिल्लाको लो-घेकर, दामोदरकुण्ड
मुस्ताङ जिल्लाको लो-घेकर, दामोदरकुण्ड
थाङमिचागु डटकम संवाददाता

मुस्दाताङ _मोदरकुण्डको दृश्य अत्यन्तै मनमोहक र धार्मिक महत्त्वले भरिएको हुन्छ। यो स्थान मुस्ताङ जिल्लाको लो-घेकर, दामोदरकुण्ड गाउँपालिका-४ मा अवस्थित छ, जहाँ हिन्दु र बौद्ध धर्मावलम्बीहरू विशेष पूजा र तीर्थयात्राका लागि जान्छन्। दामोदरकुण्ड करिब ५ हजार मिटरको उचाइमा रहेको हुँदा यो स्थानसम्म पुग्न यात्रा चुनौतीपूर्ण हुन्छ।
यात्राका क्रममा स्थानीयवासीले घोडाको प्रयोग गरेर तीर्थयात्रीहरूलाई सहयोग गर्छन्, किनकि उचाइ धेरै भएकोले हिँड्न गाह्रो हुन्छ। विशेष गरी घारा गाउँबाट दामोदरकुण्डसम्मको यात्रा ९ घण्टा लामो हुन्छ, र यस क्रममा पहाडी उकालो, प्राकृतिक दृश्यहरू, हिमालहरूको श्रृंखला र निर्मल वातावरण यात्रामा थप आकर्षण दिन्छ।





