हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक सोमबार दिउँसोको भारी वर्षाका कारण अवरुद्ध भएको छ।

0Shares

१० सोमबार २०८१ थाङ्माचागु डटकम सम्बादाता हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक सोमबार दिउँसोको भारी वर्षाका कारण अवरुद्ध भएको छ। हेटौँडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्डमा सडक माथिबाट खसेको लेदोले सडक पूर्ण रूपमा अवरुद्ध गरेको छ। यस क्षेत्रमा प्रहरी र सडक डिभिजनको टोलीले सडक खोल्ने प्रयास गरिरहेका छन्।

त्यस्तै, कान्ति लोकपथको भिमफेदी गाउँपालिका वडा नम्बर–८ महादेवटारस्थित क्षेत्रमा पनि वर्षाका कारण लेदो खसी बाटो अवरुद्ध भएको छ। यसलाई खुलाउन इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको टोलीले सडक विभाग र फास्ट ट्र्याकसँग समन्वय गरेर पहिरो पन्छाउने काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *