थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता, र मर्यादा बिर्सिएको बताउनुभयो।
थाङ्मीचागु डटकम सम्बादाता
सोमबार, १० भदौ २०८१ मा काठमाडौँको टुँडिखेलमा आयोजित गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता, र मर्यादा बिर्सिएको बताउनुभयो। उहाँले आफ्नो परम्परा र संस्कृतिलाई ध्यान नदिएर नयाँ पुस्ताले अकर्मण्यता देखाएको भन्दै यसमा अचम्म व्यक्त गर्नुभयो।
प्रधानमन्त्री ओलीले नेपालीपन र नेपाली संस्कृतिलाई जोगाउन र बढावा दिन युवाहरूलाई आग्रह गर्नुभयो। उहाँले नेपाल मेलमिलाप, शान्तिपूर्ण देश भएको र नेपाली समाज संस्कृतिले भरिपूर्ण रहेको बताउँदै, नेपाली समाजलाई भाँड्न र बिथोल्न खोजेपनि त्यसमा सफल नहुने कुरा स्पष्ट पार्नुभयो। साथै, नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरेर विश्वव्यापी रूपमा फैलाउनुपर्ने आवश्यकता पनि उहाँले जोड दिनुभयो।
गौरा पर्वको सन्दर्भमा उहाँले यस्ता पर्वहरूले नेपालको पहिचान दिनेसँगै नेपाली परम्परा र पहिचानलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिनुभयो।




