इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Friday, October 16, 2026
सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी थुनियो
सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी थुनियो
थाङमिचागु डटकम संवाददाता

सिन्धुपाल्चोकमा सुक्खा पहिरो झरेका कारण इन्द्रावती नदी थुनिएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार पाँचपोखरी थाङपाल ७ स्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट सुक्खा पहिरो खसेको छ ।
सुक्खा पहिरोका कारण त्यस क्षेत्रका स्थानीय जोखिममा परेको सेनाले जनाएको छ ।
जोखिममा परेका स्थानीयहरु र अस्पतालका सामग्रीहरु अहिले सुरक्षित स्थानमा लैजाँदै गरिएको छ ।
नदी थुनिएको र एक्कासी खोलिएमा बाढी आउन सक्ने हुँदा पाँचपोखरी, थाङपाल, मेलम्ची, इन्द्रावतीलगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।





