प्रचण्ड ले भने जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन

0Shares

जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन : प्रचण्ड

थाङमिचागु डटकम संवाददाता

जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प नभएको बताएका छन्। उनले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने उल्लेख गरे। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा उनले भने ‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन।’

उनले वर्तमान सत्तागठबन्धनको उद्देश्य गलत रहेको आरोप लगाए । सरकारमा रहेर हामीले जनताको पक्षमा प्रभावकारी रुपमा कार्यसम्पादन गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो। 

पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष प्रचण्डले बताए। स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृहकार्य भइरहेको उनले उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *